तक्दीर अधिकारी
सिड्नी। आज विजयादशमी नेपाल सहित विदेशमा समेत रहेका नेपालीहरुले भव्य रुपमा मनाउँदैछन् । कोरोना महामारीको कारण हर्षेल्लासमा कमी भएतापनि यस बर्षको दशैँ नेपालीहरुले आफ्नै तरिकाले मनाउन गइरहेका छन् । नेपालमा टीकाको साइत विहान १० बजेर १९ मिनेटमा रहेको छ भने अष्ट्रेलियामा यहाँको स्थानिय समयअनुसार टीकाको उत्तम साइत ९ः४३ लाई तोकिएको छ ।त्यस्तै मेल्वर्नमा ९ः५३, ब्रीसवेनमा ९ः५१ , एडिलेडममा १०ः५७ मा रहेको छ । क्यानबेरामा टीकाको उत्तम मूहुर्त ९ः२७, तास्मानियामा ९ः२१, पर्थमा १०ः ३५लाई उत्तम साइत तोकिएको छ । डार्विनमा ९ बजेर ११ मिनेटमा उत्तम साइत तोकिएको नेपाली हिन्दु समाज अष्ट्रेलियाले जनाएको छ ।
टीकाको शुभ साइत शूरु भइसकेपछि दूर्गा भवानीको प्रसाद दिनभरी नै मान्यजनको हातबाट लगाउनको निम्ती शुभ नै रहने र साइत हेर्न आवश्वक नरहेको समेत पण्डित प्रकाश ढोडारीले बताए । त्यसैगरी टीका ग्रहण गर्दा पश्चिमा तर्फ फर्कर्नु उपयुक्त हुने उनले बताए । पण्डित ढोडारीका अनुुसार सूर्य उदय हुने समय र ज्योतिषीय गणना अनुसार साइत निर्धारण गर्ने गरिन्छ ।






