तक्दीर अधिकारी
सिड्नी । पोखरा समाज अष्ट्रेलियाले नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गरेको छ । समाजका अध्यक्ष राज कु.अधिकारीले एक सन्देश जारी गर्दै सबै नेपालीमा शुभकामना दिदै साँस्कृतिक परम्परा र मूल्यमान्यताले देशको गरिमालाई उचो राख्ने बताए ।
“संसारको जुनसुकै ठाउँमा रहेता पनि जन्मभुमिको आफ्नो रितिरिवाज र परम्पराको मीठो सम्झना र गहिरो माया कसलाई हुदैन र, कुनै पनि देश पहिचान र समृद्धि सहितको राष्ट्र बन्नका लागी आधुनिक बिकास सङ्गै परम्परा संस्कृती रितिरिवाज र सभ्यताको पनि संरक्षण र सम्बर्द्धन हुनु पर्दछ।” सन्देशमा भनिएको छ ।
दशै तिहार जस्ता दर्जनै सांस्कृतिक रितिरिवाज र परम्पराले हामिलाइ हामि भित्रको आपसी एकता र सद्भाव लाई मजबुत बनाउन टेवा पुग्ने भन्दै समाजले हाम्रो भाषा सस्कृती र परम्पराले संसार भर हाम्रो पहिचान र सभ्यता लाई समेत झल्काई रहेको बताएको छ ।
“असत्य माथि सत्यको जितका रूपमा खुसि र उल्लासका साथ सत्यको अनुसरण गर्दै मनाईने नेपालीहरूको महान चाड बिजया दशमी ०७७ बिगतको भन्दा भिन्न परिस्थितिमा मनाउन गहिरहेका छौँ, कोभिड-१९ को उच्च जोखिमका बिच सामाजिक दुरि कायम गरि मनाउने यस यसपालिको दशैँमा हामी सबैको दुर्गा माता सङ्ग एउटै मनोकामना छ कि कोभिड-१९ र मानव जाति बिचको यो महासङ्ग्राममा मानबजातिले छिट्टै बिजय प्राप्त गरौँ।” सन्देशमा अध्यक्ष अधिकारीले भनेका छन् ।






