एनआरएनए अष्ट्रेलियाले १५ विधामा प्रदान गर्याे अवार्ड, यी हुन् सम्मानित हुनेहरु

सिड्नी । गैर–आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समाजमा उत्कृष्ट काम गरेका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

शनिवार साधारणसभाको अवसरमा एनआरएनएले कृषकदेखि कानून व्यवसायीहरुलाई सम्मान गरेको हो ।

एनआरएन अष्ट्रेलिया नेशनल एक्सिलेन्स अवार्ड अधिवक्ता डा. शम्सेर सिंह थापा, बिजनेस एक्सिलेन्सी अवार्ड न्यू साउथ वेल्समा बाख्रापालन गर्ने दिवस कार्की, नेप्लिज कल्चरल एम्बास्डर अफ द इयर तास्मानियाका संगितकर्मी मित्र गुरुङले प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली टाइम्स अष्ट्रेलियाका सुजित सिग्देललाई मिडिया पर्सन अर्वार्ड, पत्रकार रजिश अर्याललाई प्रेसिडेण्ड अवार्ड, मेलवर्नकी दिपा राईलाई वुमन एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ । त्यस्तै गोरखा नेप्लिज कम्युनिटी (जिएनसी)लाई एक्सिलेन्स अर्घनाइजेशन अवार्ड, निराजन गौलीलाई कम्युनिटी सर्भिस अवार्ड, अन्जना पन्त बराललाई एनआरएनए अष्ट्रेलिया युथ एक्सीलेन्स अवार्ड र फ्रेण्डस् अफ नेपाल अवार्ड संयुक्त रुपमा ग्रेम केन्ट र काठमाडौं किड्सलाई प्रदान गरिएको छ ।

एनआरएनए प्रेसिडेण्ड अवार्ड १० जनाले पाएका छन् । प्रेसिडेण्ड अवार्डले डिजास्टर, एमेरजेन्सी एण्ड क्राइसिस मेनेजमेन्ट टाक्सफोर्सका डा. भरतराज पौडेल, डा. रामकृष्ण निरौला, डा.राजु अधिकारी, बन्दीता मैनाली, प्रेरणा मल्ल, लक्ष्मण श्रेष्ठ, किरण अधिकारी, प्रेमजंग थापा, रोशन शेर्पा, यति एफ्सी भिआइसी, युवराज कँडेल र राजेश अर्याललाई सम्मान गरिएको छ ।

एनआरएनएका पूर्व अध्यक्ष एवं गत निर्वाचनमा प्रमुख आयुक्तको जिम्मेवारी सफलतापूर्वक बहन गरेका अग्रज एनआरएनए अभियन्ता सुरेन्द्र सिग्देल प्रेसिडेन्सियल अवार्डवाट सम्मानित भएका छन् ।

त्यस्तै हरिभक्त अधिकारी, आशिष सापकोटा र सुयाना श्रेष्ठलाई स्टेट पर्सन अवार्ड, उच्च माध्यमिक तहतर्फ स्टुडेण्ट अफ द इयर विशिका घिमिरे, स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्ष मुनी) इस्कोन ज्ञवाली र (१८ वर्षभन्दा माथी)को अवार्ड सञ्जिव खड्कालाई प्रदान गरिएको छ ।

अष्ट्रेलियन नेीपलज कन्सल्टेन्टस एशोसिएसन (एका) सहित भीएफएम, इन्फीनाइट एबिलिटी,असपाली, प्रेम गुरुङ र संजीता न्यौपाने बस्ताकोटीलाई एनआरएन प्रेसिडेन्टस् स्पेशल रिकगनिशन अवार्ड प्रदान गरिएको छ ।

एनआरएनएले हरेक दुई बर्षको अवधिमा यहाँ रहेर समाजका विभिन्न तह र तप्कामा उत्कृष्टता प्रदर्शन गर्ने नेपालीहरुलाई विभिन्न अवार्डसहित सम्मान गर्ने गरेको छ ।

यसपटक १५ विधामा करिब २ दर्जन बढीले अवार्ड पाएका छन् । एनआरएनएले तोकेको मापदण्ड पुर्याएका व्यक्तिहरुलाई आवेदन माग गरिएको थियो ।

सोही आवेदनहरुलाई १५ जनाको कार्यदलले मूल्यांकन गरी अवार्ड पाउनेहरुको अन्तिम सूची दिएको थियो । एनआरएनएले शनिवार अनलाइन जुममार्फत एक कार्यक्रम गरी अवार्ड पाउनेहरुको नाम घोषित गरेको हो ।

एनआरएनए अध्यक्ष नन्द गुरुङले कोभिड महामारी तथा लकडाउनको कारण कार्यक्रम गर्न केही समय ढिलाई भएपनि नयाँ कार्यसमितिले संस्थाका निर्दिष्ट लक्ष्यहरु पूरा गर्नेगरी काम गरिरहेको बताएका थिए । उनले आगामी दिनमा एनआरएनएका उद्धेश्यहरु पूर्ति हुनेगरी काम गर्दै अघि बढ्ने भन्दै यस अभियानमा साथ दिने सबैलाई आभार समेत व्यक्त गरेका थिए ।