लन्डन । साउथवेस्ट नेपाली समाज युकेले तीज विशेष कार्यक्रम गर्ने भएको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर यही अगष्ट २९ तारिख रेलवे क्लब मुलेट रोड, लैरा (Railway club Mullet Road, Laira PL3 6TD.मा तीज विशेष कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।
बेलुकी ४ बजेदेखि ११:३० बजेसम्म आयोजना गरिएको कार्यक्रम यस क्षेत्रमा अहिलेसम्मकै उत्कृष्ट र भव्य बन्ने समाजका प्रवक्ता राजु बोहोराले लण्डन नेपाल न्यूजका सम्पादक शिव भण्डारीसगं टेलिफोनमार्फत बताए ।
उक्त अवसरमा नेपाली दिदी बहिनीहरुबीच भेटघाट रमाईलो कार्यक्रका साथै नाचगान र दर खाने कार्यक्रम समेत हुने उनको भनाई छ । कार्यक्रममा नेपालका चर्चित कलाकार रेशम निर्दोष लगायतका अन्य कलाकारहरुको साथमा भव्य रुपमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको समाजक अध्यक्ष दिपक ढकालले जानकारी दिए ।
आपसी भाइचारा,सदभाव र एकता कायम गर्ने र सबैलाई एउटै मञ्चमा उपस्थित गराई दुःख सुख साटासाट गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । ढकालले नजिक र पायक पर्ने क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम अवलोकन एवम् मनोरञ्जन लिन आग्रह समेत गरेका छन् ।
साउथ वेष्ट इंग्ल्याण्डमा झन्डै तीन हजार नेपालीको बसोबास रहेको प्रवक्ता राजु बोहोराले बताए ।






