फेन्का न्यू साउथ वेल्स कार्यसमिति विस्तार सहसंयोजकमा मुक्तिराम पोखरेल

सिड्नी । फेडेरेशन अफ नेप्लिज कम्युनिटी ऐसोशियसन अफ अस्ट्रेलिया (फेन्का) ले न्यू साउथ वेल्स राज्यमा आफ्नो कार्यसमिति विस्तार गरेको छ । संस्थागत क्रियाकलापलाई अझै शसक्त रुपमा अगाडी बढाउने उद्धेश्य बमोजिम विहिवार सम्पन्न बैठकले मुक्तिराम पोखरेलको सहसंयोजकत्वमा ५ सदस्यीय न्यू साउथ वेल्स कार्यसमिति गठन गरेको हो ।

गठित समितिको सदस्यहरु ममता तिवारी, डा. भरत नेपाल, चिरन तिवारी, र आनन्द श्रेष्ठ लगायत रहेका छन् । फेन्का न्यू साउथ बेल्थ संयोजक विष्णु हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै फेन्का अष्ट्रेलियाका उपाध्यक्ष डा.मधुसुदन पुडासैनिले न्यू साउथ वेल्समा गठन भएको एक्सन टिमले अस्ट्रेलियामा छरिएर रहेका सामुदायिक संस्थालाई एकीकृत गर्दै अझ धेरै सहकार्य र समन्वय सहित मानविय श्रोत विकास तथा क्षमता अभिवृद्धि गरि अगाडी बढ्नुपर्ने बताए । उनले अझै प्रभावकारी रुपमा आफ्नो गहन भूमिका निभाउने कुरामा विश्वस्त दिलाए ।

२०१८ अगष्टमा अष्ट्रेलियामा स्थापित फेन्का अस्ट्रेलियामा रहेका नेपाली संघसंस्थाहरुको साझा संस्थाको रूपमा काम गर्दै आईरहेको छ । जसमध्ये मानविय श्रोत परिचालन,सहभागितामुलक सिकाई क्षमता अभिवृद्धि ,नितिगत पैरवी, पर्यटकिय प्रवद्र्धन, स्वास्थ्य शिक्षा जागरण कार्यक्रम, नेतृत्व विकास शशक्तिकरण सुशाासन लगायत संस्थागत विकासलाई सहयोग पुर्याउने कार्यक्रमहरु गर्दै आएको छ । हाल अष्ट्रेलियामा ८९ वटा सामाजिक संघ संस्थाहरु फेन्कामा आवद्ध भएका छन् भने न्यू साउथ वेल्समा मात्रै ३९ वटा संस्थाहरु क्रियाशिल रुपमा आबद्ध रहेका छन् । संस्थाले २८ जनवरी आइतवार दिउँसो १२ बजे मेरिलेन्ड बारदलि फङ्सन सेन्टरमा समुदायमा रहेर फेन्का आवद्ध भई क्रियाशिल संस्थाका प्रतिनिधि अगुवाहलाई “सामुदायिक नेतृत्व तथा सिकाई ,अवसर एवं उत्प्रेरणामूलक “ कार्यक्रम आयोजना गरेकोले सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

विभिन्न महत्त्वपूर्ण बिषयमा वरिष्ठ प्रशिक्षक एवं विकास विज्ञ ओम ढुङ्गेलले कार्यक्रमको सहजीकरण गर्ने भएकाले फेन्का न्यू साउथ बेल्सका संयोजक विष्णु हमाल एवं सहसंयोजक मुक्तिराम पोखरेलले कार्यक्रमको भरपुर फाईदा लिन आग्रह गरेका छन् ।