तक्दीर अधिकारी/अनु लामा
सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया एनएसडब्लु राज्य परिषद्को आयोजनामा २९ फेब्रअरी शनिबार अभिभावक पिकनिक भव्यताका साथ सम्पन्न भयो । पिकनिकमा ८ सय ५० भन्दा बढी अभिभावकको सहभागिता रहेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देव गुरुङले वताए ।
पिकनिकमा जानका लागि विहानैदेखि सिड्नीका विभिन्न स्थानहरु औवर्न, रकडेल, ग्रानभील, क्याम्पसी, वेस्टमेड, कोगराह, क्यामेलटाउन, मिन्टो, ब्लाकटाउन, साउथवेस्ट, ओरान पार्क, हस्नबी, आटामन, हर्सभिल र पेनचस्टबाट अभिभावकहरु जम्मा भएका थिए । उनीहरु उलंघन जाने बाटोमा रहेको नानटेन मन्दिरको दर्शनपछि न्यू साउथ वेल्सको नर्थ उलंघनको स्टुअर्ट पार्कमा गएर अभिभावक वृहद् वनभोज कार्यक्रममा परीणत भयो ।

दर्शन गरेर पिकनिक स्थलमा पुग्दा झन्डै ११३० बजेको थियो । त्यसपछि आयोजकले अभिभावकहरुका लागि योगा कक्षा सञ्चालन गरेका थिए । । अभिभावकहरुलाई योग गुरु राजन आचार्य शर्माले योग कक्षा सञ्चालन गरे । योगका साथै अत्यात्मिक ज्ञानका बारेमा पनि योग गुरु शर्माले अभिभावकहरुलाई जानकारी दिए । कसरी हास्न सकिन्छ, खुशीमा के रमाइलो छ भन्ने बारे योग गुरुको प्रवचन धेरैले रुचाएका थिए ।

योग कक्षा सकिएपछि गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (एनएसडब्लु राज्य परिषद्) सेक्रेटेरी उषाकिरण बारियाले दोहोरी गीत कार्यक्रम सञ्चालन गरेकी थिइन् । अभिभावकहरुमध्येबाट दोहोरी गीत गाउँन लगाइएको थियो ,दोहोरी गीतको कार्यक्रममा अभिभावकहरुले धेरै मनोरञ्जन लिएको देखिन्थ्यो ।
अभिभावकहरुको स्वास्थ्य जाँचको व्यवस्था पनि गरिएको थियो । धेरै अभिभावकमा उच्च रक्तचाप, सुगर र बुढ्यौलीमा लाग्ने सामान्य रोग देखिएको स्वास्थ्य जाँच व्यवस्था कार्यक्रम सम्योजक डा. समिता गुरुङ ले बताइन।

दोहोरी गीतको रमाइलो सकिने वित्तिकै लन्च सुरु गरिएको थियो । लन्च खाइसकेपछि आयोजकले औपचारिक कार्यक्रमको सुरुवात गरे । औपचारिक कार्यक्रम एनआरएनए अस्ट्रेलियाका सचिव दीपक पहारीले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए एसीसी डिपुटी कोअर्डिनेटर चुन्ना क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।
विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत लब्धप्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रममा प्रायोजकमध्ये मल्टी डाइनामिक रियलस्टेटका प्रिन्सिपल मेघराज पौडेल ,ओली एसोसिएटकानिर्देशक भवानी ओली , एनआरएनए ओसियन सम्योजक होम पाण्डे र कार्यक्रम अध्यक्ष देव गुरुङले मन्तव्य राखेका थिए ।










