एनआरएन यूके सल्लाहकार सम्मान ! नानी पाउनु छैन, कन्ननीको हतार ? उपाध्यक्ष कँडेल !

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको सल्लाहकार सम्वन्धमा अध्यक्ष पुनम गुरुङ्गले चालेको कदम विवादित भएको छ । कार्य समितीले अध्यक्षलाई केही सिमा तोकेर सल्लाहकारहरुको नाम प्रस्तावित गर्ने जिम्मा मात्र दिएकोमा अध्यक्ष गुरुङ्गले तोकिएको सिमा भन्दा वाहिर गएर सल्लाहकारहरुको नामावली सार्वजनिक गर्दै कार्यसमितीबाट अनुमोदन नगराई प्रस्तावित ब्याक्तिहरुलाई सल्लाहकारको रुपमा सम्मान गर्न सुरु गरिए पछि विवाद भएको हो । मनोनयन नहुदै सम्मान गर्न वा सम्मानित हुन खोज्नु नानी पाउनु कहिले कन्ननी लाउनी हतार भने जस्तै भएको भन्दै कार्य समितीका जिम्मेवार पदाधिकारीहरुले विरोध गरेका छन् । सल्लाहकार मनोनयन प्रकृया पुरा नभएको औल्याउदै कार्य समितीका उपाध्यक्ष नारायण कडेलले अध्यक्षलाई लेखेको पत्र लण्डन नेपाल न्युज लाई प्राप्त भएको छ ।
पत्रमा उपाध्यक्ष कडेलले कार्य समितीले अनुमोदन नगरुन्जेल कुनै पनि ब्याक्ती राष्ट्रिय समन्वय परिषदको सल्लाहकार नभएको बताएका छन् । अनुमोदन नहुन्जेल अध्यक्षले सल्लाहकारको रुपमा प्रस्ताव गरेका ब्याक्तिहरु केबल प्रस्तावित सल्लाहकार मात्र हुन् प्रस्तावित सल्लाहकारहरुलाई सम्मान गर्ने कार्य स्वभाविक होइन उपाध्यक्ष कडेलले भनेका छन् । कार्य समितीमा अध्यक्ष पुनम गुरुङ्ग समुहबाट चुनाव जितेकाहरुको बाहुल्यता भएको समितीमा अर्को पक्षलाई सत्रुता पुर्ण बयावाहर गरिने तथा सुनुवाई नहुने तर्फ संकेत गर्दै कडेलले भनेका छन मेरो राय वा विचारलाई यो कार्य समितीले गम्भिर रुपमा नलिने तथा बेवास्ता गर्ने प्रचलन प्रति म अनविज्ञ छैन । तर सही समयमा सही सुझाव राख्नु कर्तब्य ठानेर मात्र आफ्नो विचार प्रस्तुत गरेको हुँ । श्रोतका अनुसार उपाध्यक्षहरु रामचन्द्र पोखरेल, पे्रम गाहा मगर तथा मोहन कार्किले सल्लाहकार मनोनयन सम्वन्धमा अध्यक्षलाई सल्लाहकारहरुको नामावली पेश गर्ने मात्र अधिकार दिएकोले कार्य समितीमा अध्यक्षको प्रस्तावमा छलफल हुन र अन्तिम निर्णय गर्न बाँकि नै भएको बताएका छन् । यस्तोमा प्रस्तावित ब्याक्तीहरुलाई सम्मान गर्न बोलाउनु र सम्मान ग्रहण गर्न जानु दुबै लज्जास्पद हुने आम धारणा छ ।
अध्यक्षले महत्वपुर्ण निर्णय गर्दा कार्य समितीलाई बेवास्दा गर्दै कार्य समिती बाहिर बाट निर्णय गर्ने गरेको प्रति असन्तुटी जनाउदै कडेलले भनेका छन् एनआरएनए युकेको सम्वन्धमा अध्यक्ष ज्यु ले लिने निर्णयको आधार कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु तथा कार्य समितीको बैठकले निर्माण गरेको सचिवालयका पदाधिकारी तथा सदस्यहरुको राय सल्लाह, तथा मत अभिमत हुनु पर्ने तर्फ म अध्यक्ष ज्यु को ध्यान आकृष्ठ गर्न चाहान्छु । उनले सल्लाहकारलाई सम्मान गर्नु पुर्व सल्लाहकार मनोनयनको प्रकृया पुरा गर्न आग्रह गरेका छन् । जानकारी अनुसार अध्यक्षले उपाध्यक्षको पत्रको बारेमा अहिले सम्म केही बोलेकी छैनन् । आगामी ५ मार्चमा सल्लाहकारको सम्मान गरिने कुरा बाहिर आएको छ । करिब ६ महिना खादा माला सम्मानमा विताएको आरोप खेपेको एनआरएनए युकेले सल्लाहकारको मनोनयन प्रकृयालाई कार्यसमितीबाट अनुमोदन नै नगरिकन सम्मान गर्ने घोषणा गरेको छ । नानी पाउनु छैन कन्ननीको हतारो भनेझै मनोनयन भन्दा पहिला सम्मान गर्न लागिएबाट एनआरएनए युके थप विवादमा परेको छ । खादा, माला, र सम्मान भनेपछि जहापनि हामफाल्ने सस्कारबाट माथि उठ्न खोजेका बेलायतको नेपाली समुदायका अगुवा हरु नियुक्ती प्रकृया नसकिदै सम्मान थाप्न जालान कि नजालान हेर्न बाकि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *