लन्डन । बेलायतमा गोर्खा सैनिकहरुको वीरता, समर्पण र त्याग केन्द्रित नेपाली चलचित्र ‘ ‘गोर्खा वारियर’ को पहिलो पटक प्रिमियर शो गरिएको छ । प्रिमियर शो मा दर्शकको भिडले हल हाउसफुल भएको थियो । 
१० सेप्टेम्बर आइतबार लन्डनको लेष्टर स्क्वायरस्थित प्रतिष्ठित आइम्याक्स सिने वर्ल्डमा गरेको प्रिमियर शोमा चलचित्रका मुख्य कलाकार लगायत बिभिन्न क्षेत्रका बिशेष व्यक्तीहरुको उपस्थित रहेको थियो ।

मिलन चाम्स निर्देशित ‘ ‘गोर्खा वारियर्स’फिल्मको प्रिमियर शो अघि औपचारिक कार्यक्रम पनि गरिएको थियो । चलचित्रका प्रेस को–अर्डिनेटर आकाश सुनुवारले संचलान गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता तथा अन्य बिशिष्ट अतिथि हरुको आतिथ्यता रहेको थियो । शो अघिको औपचारिक कार्यक्रममा सहयोगी तथा महत्वपूर्ण योगदान दिने हरूलाई सम्मानपत्र वितरण गरिएको थियो ।
अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएर पनि कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हरिबुढामगर, सगरमाथा चढ्ने गोर्खा परिवारबाट पहिलो नायिका दिया पुन, राष्ट्र राई, प्यारा एथलेट कुशल लिम्बु, बेलायतका लागि पहिलो नेपाली काउन्सिलर धन गुरुङ लगायत बेलायती सञ्चारकर्मीलाई सम्मान गरिएको हो ।
उपस्थित दर्सकले फिल्मको निकै सकारात्मक प्रतिक्रिया दिएका छन्। 










गोर्खा सैनिकहरुको वीरता, समर्पण र त्याग केन्द्रित फिल्मको उक्त प्रिमियर शोमा बेलायती सेना प्रमुख, बेलायतको हाउस अफ लर्डसका सदस्य लर्ड होवार्ड, सांसद डामियन नोएल थोमस कोलिन्ससहितका बेलायती र नेपाली दुवै समुदायका विशिष्ट अतिथिहरु को उपस्थिति रहेको थियो ।नेपाली फिल्म इतिहासमै पहिलोपटक लण्डनको आइम्याक्स सिने वर्ल्डमा प्रिमियर गरिएको हो ।संसारकै ठूलो मध्येको ७० एमएमको पर्दामा पहिलोपल्ट नेपाली प्राविधिकहरुले निर्माण गरेको चलचित्र प्रदर्शन गरिएको हो ।चलचित्र प्रिमियरमा रातो कार्पेट बिछ्याएर बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज’ ले विशेष प्रस्तुति दिएको थियो।
चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र निर्मातामा बेलायतस्थित अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राई र सुष्मिता वाइवा छन्।
चलचित्रको विशेष शोमा नेपाली राजनिनैतिक व्यक्तिहरु, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसंगै विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।
स्थलगत भिडियो रिपोर्ट हेर्नुस कसले के भने ?






