सिड्नी ।वेष्टर्न स्टार स्पोर्टस क्लबले १३ वर्ष मुनिका बालबालिकाहरुको फुटबल प्रतियोगिता आयोजना गरेको छ। ५ वर्ष देखी ९ र ९ देखी १३ वर्ष उमेर समुहका गरी २ समुहमा वालबलिकाहरुको सहभागीता रहेको प्रतियोगितामा १२ टोलीहरूले पहिलो चरणमा अंक प्रणाली जस्तै लीग खेल्ने छन भने दोस्रो राउन्डमा सेमिफाइनलबाट नकआउट हुनेछन ।

अस्ट्रेलियामा नेपाली बालबालिका लागि आयोजन भएको सम्भवतः यो पहिलो पटक हो ।सिड्नी स्थित क्येकरस हिल मेलरोज पार्कमा आयोजना गरिएको प्रतियोगिता २४ तारिख आइतबार बिहान साढे ८ बजेबाट साँझ ५ बजेसम्म लिग र नकआउटका आधारमा खेल हुने वेस्टन स्टार क्लबका म्यानेजर भरत ज्ञवालीले जानकारी दिए ।
प्रिमो एजुकेशन एन्ड भिसा सेन्टरको मुख्य प्रायोजन रहेको फुटबल प्रतियोगिता कार्यक्रममा विस रियल स्टेट, रे प्रोपर्टी प्लस, मल्टी डाइनामिकले समेत प्रायोजन गरेका छन भने ब्ल्याक टाउन नेपालीज कमुनिटीको सहकार्य रहेको छ ।फुटबल प्रतियोगिता मार्फत समुदायहरूलाई एकसाथ ल्याउँने उदेश्य यो कार्यक्रम गर्न लागिएको वेष्टर्न स्टार स्पोर्टस क्लब अध्यक्ष सुदीप घिमिरेले जनाए ।






