टोकियो । एनआरएन महिला फोरम जापानले बढ्दो महिला स्वास्थ्य समस्या न्युनिकरण गर्नको लागि एनआरएनए जापान महिला फोरमको पहलमा परिवार नियोजन र गर्भपतनबारेको जानकारी मूलक सेमिनार सम्पन्न गरेको छ ।
जापानमा बढ्दो नेपालीहरुको संख्यासँगै स्वास्थ्य समस्याहरु पनि बढिरहेको छ। त्यसमा पनि महिला दिदीबहिनीहरुको समस्या अझ बिकराल बन्दै गईरहेको अवस्थामा यो कार्यक्रम गरीएको संयोजक सबिता श्रेष्ठले जानकारी दिइन । संयोजक श्रेष्ठका अनुसार जापानमा अत्याधुनिक प्रविधियुक्त स्वास्थ्य सुबिधा उपलब्ध भए पनि,भाषागत ज्ञान तथा जनचेतनाको कमिका कारण नेपाली दिदीबहिनीहरु समस्यामा पर्ने गरेका छन् ।
सेमिनारमा,जापान सरकारको वडाकार्यलयहरुबाट प्रदान गरिने स्वास्थ्य जाँच र सुबिधा बारे जानकारी तथा परिवार नियोजन एवं गर्भपतनसँग सम्बन्धित जापानको नियम कानुन बारे जानकारी गराईएको थियो । टोकियोको, सिनओकुबोस्थित सोलमारी मुरा हलमा, सम्पन्न कार्यक्रममा ८० जना भन्दा बढि नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।






