काठमाडौं, ३० फाल्गुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज राती ६ खेल हुनेछन् । सिजनको २९ औं चरणको खेलमा आर्सनल र वेष्ट ह्याम युनाईटेड तथा म्यान्चेस्टर सिटी र बर्न्ले भिड्नेछन् । यसैगरी अन्य खेलहरुमा सण्डरल्याण्ड र एस्टन भिल्ला, वेष्ट ब्रोम र स्टाके सिटी, क्रिष्टल प्यालेस र क्विन्स पार्क रेन्जर्स क्यु.पि.आर.तथा लेष्टर सिटी र हल सिटी भिड्नेछन् ।
जारी लिगमा २७ खेलबाट ६३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहेको छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ५८ अंकको साथ दोस्रो स्थानमा छ भने ५४ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । चौथो स्थानको म्यान्चेस्टर युनाईटेडको ५३ अंक छ भने ५१ अंकका साथ लिभरपुल पाँचौ स्थानमा छ । क्यु.पि.आर, बर्नले र लेष्टर सिटी भने रेलीगेशन क्षेत्रमा रहेका छन् ।
इङ्गलिस प्रिमियर लिगमा आज ६ खेल हुने






