नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले मनायो २१०औँ भानु जयन्ती

 सिड्नी । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले सिड्नीमा २१०औँ भानु जयन्ती मनाएको छ । प्रतिष्ठानको बार्षिक कार्यक्रम अनुसार जुन १० तारिख शनिवार सिड्नीको ग्रानभिलमा साहित्यिक प्रस्तुती सगैं विविध कार्यक्रम गरी भानु जयन्ती मनाईएको हो । प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत केसीले शुभकामना मन्तव्य व्यक्त गर्दै सन् २००९ मा आफ्नो सानो कोठाबाट स्थापना भएको संस्थाले अहिले वृहत रुप लिई विभिन्न कार्यक्रमहरु गर्दै आएको बताईन् । उनले नेपाली कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्दै अस्ट्रेलियामा नेपाली विविधता झल्काउन विभिन्न समयमा विभिन्न कार्यक्रमहरु प्रतिष्ठान मार्फत गर्दै आएको बताइन ।
कार्यक्रममा कार्यक्रममा बोल्दै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले विदेशमा रहेर पनि नेपाली भाषा संस्कृति संरक्षण र प्रवद्र्धनमा प्रतिष्ठानले महत्वपूर्ण योगदान गरेको बताए । उनले प्रतिष्ठानसगं सहकार्य गरेर एनआरएनए अगाडी बढ्न तयार रहेको स्पष्ट पारेका थिए । फेन्काका अध्यक्ष डा.कृष्ण हमालले नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले अस्ट्रेलियामा हुर्कँदै गरेको नयाँ पुस्ताका नेपाली समुदायलाई मौलिक नेपाली कला, भाषा र संस्कृतिको पहिचान स्थापित गर्न मद्धत पुर्याएको बताए । निम्फाका अध्यक्ष सुदर्शन थापा मगरले विविधताले भरिपूणर् नेपाल र नेपाली संस्कृतिलाई समेट्दै बहुभाषि, बहुसंस्कृतिलाई समेत समेटेर अगाडी बढ्न सके अझै राम्रो सन्देश जाने बताए । पारामाटा काउन्सिलका मेयर समिर पाण्डेले अस्ट्रेलिया पनि विभिन्न भाषा र संस्कृतिले भरिपूणर् रहेको भन्दै आफु पनि भारतीय मूलबाट आएको हुनाले नेपाली संस्कृति र कलासगं नजिक हुन पाउँदा खुसी लागेको बताए । उनले नेपालका यस्ता विषयवस्तुहरुलाई अस्ट्रेलिया समुदायसगं स्थापित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए
कम्बरल्याण्ड काउन्सिलकी मेयर जुलियाले नेपाली समुदायका नयाँ पुस्ताका लागि आफ्नो पहिचान दिलाउन प्रतिष्ठानले गरिरहेको कार्यबाट आफु प्रभावित भएको बताईन् । कार्यक्रममा तनहुँ समाजका अध्यक्ष एवम् मल्टिडायनामिक रियलस्टेटका प्रिन्सिपल मेघराज पौडेलले तनुहँ समाजले प्रतिष्ठानको कार्यक्रमलाई अगाडी बढाउन सहयोग गरेको भन्दै नेपाली कला, संस्कृति, भाषा, कलालाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले समाजले यस्ता कार्यक्रमलाई सदैव प्रोत्साहन गर्ने समेत स्पष्ट पारे ।
कार्यक्रममा नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सांस्कृतिक प्रस्तुती एवम् कविता बाचन प्रतियोगीता समेत राखिएको थियो । अस्ट्रेलियामा रहेर नेपाली कला साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा उमा कार्की, सुदिरा शाह, सन्तोष तिमिल्सिना लगायत रहेका छन् ।
  कार्यक्रममा व्यवसायी युवराज भट्टराई, प्रवासी एकता मञ्च (ओईएनएफ) का धुर्व सुवेदी, नेपाली समाज अगुवा ईन्द्रा वन, ग्रानभिल नेपाली समाजका अध्यक्ष रमेश थापा, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानका सल्लाहकार प्रदिप ढकाल, फेन्काका महासचिव मधु पुडासैनी, एन्जाका सल्लाहकार डा. राजु मानन्धर, कृष्ण तिवारी, एन्जाका उपाध्यक्ष विष्णु तिवारी, प्रवक्ता तक्दीर अधिकारी, कवि महेश्वर शर्मा र समुदायका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।