जनसम्पर्क समिति अष्ट्रेलियाले गर्याे कोभिड प्रकोप र नेपालको राजनीतिक परिस्थिति बारे महत्वपूर्ण अन्तरक्रिर्या

सिड्नी । नेपाली काँग्रेस निकट जनसम्पर्क समिति अष्ट्रेलियाले कोभिड १९ प्रकोप र बर्तमान नेपालको राजनीतिक परिस्थितिमा हाम्रो भूमिका बिषयमा सिड्नीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कोभिड–१९ को महामारीको कारण नेपाल र नेपालीहरुमा पर्न गएको समस्या र स्वास्थ्य जटिलताका बारेमा चर्चा गरिएको उक्त कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलिया लगायत अन्य संघसंस्थालेनेपालमा कोभिड रोक्न गरेका पहलकदमीको बारेमा विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा राजनीतिक नेतृत्वले बढीरहेको महामारी नियन्त्रण गर्न भन्दा सत्ता टिकाउने, ढलाउने खेलमा मात्र ब्यस्त रहेको धारणा ब्यक्त गरेका थिए ।

समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा आइतवार सिडनीको ग्रानभिलमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियालका लागि नेपाली राजदूत महेश दाहालले आफू नेपाल फर्कने क्रममा रहेको जानकारी दिदै आजसम्म आफ्नो कार्यकालमा साथ दिने सबैमा धन्यवाद दिए । प्रवासमा रहेका नेपाली संघसंस्थाहरुले नेपालीहरुलाई भावनात्मक रुपले जोडेको भन्दै यो एकता सदैव रहिरहनुपर्ने बताए । अष्ट्रेलियामा कोभिड महामारीको कारण समस्या परेका नेपाली विद्यार्थीसहितको समुदायलाई सहयोग गर्ने अभियानमा साथ दिने सबै संघसंस्थाहरुलाई समेत उनले धन्यवाद दिएका छन् ।

कार्यक्रममा अष्ट्रेलिया शाखा प्रमुख, नीति, अनुसन्धन एबम प्रशिक्षण प्रतिष्ठानका प्रेम सापकोटा, एनएसडब्लुका लागि नेपाली महाबाडिज्यदूत दीपक खड्का, फेन्का महासचिब डा। कृष्ण हमाल, एनआरएनए आईसीसीः महिला संयोजक भोमा लिम्बू, ओशियाना संयोजक होम पाण्डे, ओशियाना महिला संयोजक जानकी पौडेल, पूर्व सचिब रन्जु वाग्ले थापा, जनसम्पर्क समिति अष्ट्रेलिया एनएसडब्लुका संयोजक सितल गिरी, ओएनएफ अष्ट्रेलियाका राजन बस्नेत, केशब जोशी, जनप्रगतिशील मंच अष्ट्रेलियाका अध्यक्ष प्रविण कंडेल, एनआरएनए अष्ट्रेलियाकाः उपाध्यक्ष देब गुरुङ, पूर्व उपाध्यक्षद्धय राजन ढुङ्गेल र दीनेश पोखरेल, चितवन समाज अष्ट्रेलियाका अध्यक्ष पुर्णनाथ घिमिरे, नेपाली हिन्दु सोसाईटीका अध्यक्ष सूर्य गौतम, एनआरएनए आईसीसी सदस्य अरुण कुमार ठाकुर, जनसम्पर्कका यूवा नेताद्धय बिक्रम शेरचन र समित केसी लगायतले अन्तरक्रियामा आफना बिचारहरु राखेका थिए।

जनसम्पर्क समिति अष्ट्रेलियाका बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङ, समुदायका अगुवाहरु गणेश केसी, बालचन्द्र भट्टराई, भवानी ओली, झलक ढुङ्गाना, नरेश थापा, निरज श्रेष्ठ, दिपक भट्टराई, सुजित सिग्देल, रुपक मैनाली, राज कुमार गोश्वामी, नागेन्द्र अधिकारी, सन्तोश दाहाल, भिम बस्नेत, उमेश पोखरेल, समिम अनवर, बिकास केसी, जनसम्पर्कका राजेश केसी, सरोज पाण्डे, बिशाल पोखरेल लगायतको उपस्थिति रहेको थियो। दिउँसो १२ बजे देखि ३ बजे सम्म संचालन भएको सो कार्यक्रको संचालन जनसम्पर्क समिति अष्ट्रेलियाका प्रवक्ता एबम का।महामन्त्रि रोहित खड्का र उद्धब भट्टले गरेको थिए ।

कोभिड १९ ले उब्ज्याएको समस्यमा परेका बिद्याथीहरुलाई अप्रिल र मे २०२० सिड्नीमा जनसम्पर्क समिति अष्ट्रेलियाले राहत बितरण गरेको थियो । उक्त अभियानमा आर्थिक सहयोग गर्ने सहयोगिहरु र स्वयंमसेवकहरुलाई सम्मान गरीएको थियो। त्यसैगरी कार्यक्रममा नेपालमा कोभिड रोक्नको निम्ती स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।