सिड्नी । नेपाली अभिभावक कल्याण समाज लेपिनटनले क्याम्डेन काउन्सिलका मेयर थेरेसा फेडेलीसगं भेटघाट गरेको छ ।
२८ फेब्रुअरी मा साउथ वेष्ट लेपिनटन अस्ट्रेलियामा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा रहेको समाजले मेयर फेडेलीसगं भेटघाट गरी समुदायमा रहेका समस्याहरुका बारेमा जानकारी गराएको हो ।
अभिभावक कल्याण समाज लेपिंनटनका अध्यक्ष यज्ञ शर्मा पौडेल,उपाध्यक्ष सुरेश कुमार पौडेल, सचिव कृष्णराम महर्जन र कोषाध्यक्ष महेश शर्मा लगायतको प्रतिनिधि मण्डलले मेयरलाई भेटघाट गरी समुदायका समस्या र त्यसका समाधानका विषयमा भेटेर छलफल गरेको हो ।
उक्त टोलीले समाजका समस्याका विषयमा कार्यपत्र पेश गरेको थियो । भेटघाटमा मेयर फेडेलीले समस्या समाधानका लागि सकारात्मक सन्देश दिएको समाजका सल्लाहकार प्रकाश पौडेलले जानकारी दिए ।
उक्त अवसरमा सामाजिक अभियान्ता बिनोद पौडेल, संस्थाका सल्लाकार सदस्य प्रकाश पौडेल लगायतको पनि उपस्थिति रहेको थियो ।






