गुल्मी जिल्ला समाज युकेले गर्र्यो बेलायती महारानीको स्मृतिमा शोकसभा:भिडियो हेर्नुस

लण्डन । गुल्मी जिल्ला समाज युकेले बेलायती महारानी एलिजाबेथ द्धितियको निधन प्रति दुख व्यक्त गर्दै एक शोक सभा सम्पन्न भएको छ ।

बेलायतको अल्टरसड स्थित प्यालेसमा आईतबार आयोजित शोक सभा कार्यक्रममा प्रार्थना तथा मौन धारण सहित सभा गरिएको थियो ।

गत साता स्वर्गारोहण भएकी बेलायती महारानीको स्मृतिमा सम्पन्न शोक सभा कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका अध्यक्ष विर बलालको अध्यक्षता रहेको थियो । शोक सभामा स्वर्गीय बेलायती महारानीको आत्माको चिर शान्तिको कामना गर्दै सयुंक्त मौन धारण प्रार्थना गरिएको थियो ।

शोक सभामा गैर आवासीय नेपाली सघं एनआरएनए युकेका अध्यक्ष एबम समाजका सल्लाहकार प्रेम गाहा मगर संस्थापक अध्यक्ष ओम प्रसाद थापा तथा पूर्व अध्यक्ष राम गलामी ,टोप पल्ली, लगायतले बेलायती महारानीको निधन प्रति दुःख व्यक्त गरेका थिए ।

शोक सभालाई सम्बोधन गर्दै उपस्थित सबै जनाले महारानीको निधनपछि बेलायतसंगै सिंगो विश्व शोकमा डुबेका बेला आफूहरु शोकमा ऐक्यबद्धता जनाउन प्यालेस पुगेको बताए ।

कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका सल्लाहकारहरु क्या.ताम ढेगां, टेक थापा, शिव भण्डारी, गोकण बस्नेत, झपट भुजेल तोया बहादुर थापा लगायतको उपस्थिति रहेको थियो, यसै गरि कार्यसमितिका उपाध्यक्षहरु बरुण भण्डारी,तारा भट्टराई,कोषाध्यक्ष मुकुन्द हरी खरेल,सचिव मोहन घिमिरे,सहकोषाध्यक्ष तेज श्रीस,सदस्य गुन थापा, भिष्म साही पदाधिकारी, सल्लाहकार एवम् सदस्यहरुले महारानीको तस्विरमा पुष्प्गुच्छा अर्पण गरेका थिए।

समाजका उपाध्यक्ष बरुण भण्डारीले शोकमा उपस्थित सबैलाई स्वागत गरेका थिए । भने कार्यक्रमको सञ्चालन महासचिव रुद्र थापाले गरेका थिए ।