सिड्नी । पछिल्लो समय युवा पुस्ताबीच निकै लोकप्रिय हुँदै गईरहेको हिपहप म्यूजिकलाई प्रवद्र्धन गर्ने उद्धेश्यले अस्ट्रेलियामा हिप हप नाईट हुने भएको छ । हिपहप म्यूजिक प्रति युवाहरुको बढ्दो आकर्षणलाई ध्यानमा राखेर जुन १० शनिवार सफायर फंक्सन सेन्टर अबर्नमा हिप हप नाईट आयोजना गरिएको छ ।
विनर सर्कल अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा हीपहप म्यूजिक मनपराउने अस्ट्रेलियामा रहेका नेपाली समुदायका व्यक्तिहरुलाई जमघट गराई सागिंतिक प्रस्तुती गरिने सर्कल संस्थापक रोशन खतिवडाले जानकारी दिए । लामो समयदेखि हीप हप म्यूजिकमा क्रियाशिल खतिवडाले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायसगैं विद्यार्थी र युवापुस्तामा हीप हप म्यूजिक प्रति लगाव देखेपछि यस्तो कार्यक्रम आयोजना गर्ने विचार आएको बताए ।
“हीप हप सगींत पछिल्लो समय निकै चर्चित बन्दै गईरहेको छ नेपालमा त विभिन्न रियालिटी शो समेत हुन थालेका छन्, उनले भने यसैलाई मध्येनजर गरेर कार्यक्रम आयोजना गरेका हौँ ।” कार्यक्रमलाई अझै रोचक बनाउन टाईटलको रुपमा प्रदेश ८ हीप हप नाईट नाम दिएको उनको भनाई छ ।
“हीप हप सगींत पछिल्लो समय निकै चर्चित बन्दै गईरहेको छ नेपालमा त विभिन्न रियालिटी शो समेत हुन थालेका छन्, उनले भने यसैलाई मध्येनजर गरेर कार्यक्रम आयोजना गरेका हौँ ।” कार्यक्रमलाई अझै रोचक बनाउन टाईटलको रुपमा प्रदेश ८ हीप हप नाईट नाम दिएको उनको भनाई छ ।अस्ट्रेलियामा रहेका नेपाली समुदाय, व्यवसायिक सघंसंस्था र सम्पूर्णको कार्यक्रममा साथ सहयोग रहेको भन्दै उनले कार्यक्रममा उपस्थित हुन सबैलाई अनुरोध गरेका छन् । कार्यक्रमलाई दर्जनौँ सघं संस्थाले प्रायोजन गरेका छन् । २ वर्षदेखि आफ्नै म्यूजिक स्टूडियो खोलेर विभिन्न हिप हप गीतहरु बजारमा ल्याईरहेका खतिवडाले आफुसगैं अन्य विभिन्न व्यक्तिहरुलाई पनि संलग्न गरेर हीप हप म्यूजिकलाई अगाडी बढाईरहेको बताए । अस्ट्रेलियामा अध्ययनका लागि आएका विद्यार्थीहरुले अध्ययनसगैं पारिवारिक जिम्मेवारी बहन गर्दै नेपाली सगींत र हीप हपको म्यूजिक क्षेत्रमा पनि केही गर्दैछन् भन्ने आफुले सन्देश दिन खोजेको उनले जानकारी दिए ।







