एन्जा अस्ट्रेलियाको तेश्रो अधिवेशन फेब्रुअरी २२ मा हुँदै

सिड्नी । अस्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन एन्जा अष्ट्रेलियाको तेश्रो अधिवेशन आगामी फेब्रुअरी २२ तारिखमा हुने भएको छ । २५ डिसेम्बरमा संरक्षकहरु, सल्लाहकारहरु र साधारण सदस्यहरु समेतको उपस्थितिमा सम्पन्न विशेष बैठक र छलफलले एन्जाको अधिवेशन फेब्रुअरी २२ तारिख शनिवार अस्ट्रेलियाको राजधानी क्यानबेरामा गर्ने निर्णय गरेको प्रवक्ता तक्दीर अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।

अधिवेशनलाई सम्पन्न गर्नका लागि विभिन्न तयारीका कामहरुलाई अगाडी बढाउने र नयाँ सदस्यताका लागि २४ महिनादेखि खुल्ला रहेको आवेदन बन्द गर्ने तथा सदस्यता नवीकरणका लागि जनवरी २५ तारिखसम्मको समय तोकेर सार्वजनिक आह्वान गर्ने निर्णय समेत भएको प्रवक्ता अधिकारीले जानकारी दिए । सोही बैठकले अधिवेशन सफल बनाउन अध्यक्ष चिरञ्जीवी देवकोटा संयोजकत्वमा तीनै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष, प्रवक्ता तथा पब्लिक अफिसर सम्मिलित तयारी समिति गठन गर्ने पनि निर्णय गरेको छ । अधिवेशनको आर्थिक र अन्य व्यवस्थापनको लागि बरिष्ठ उपाध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा विनायक अधिकारी, गणेश भट्ट र खगेन्द्र सत्याल सदस्य रहेको उपसमिति बनाउने बैठकले निर्णय गरेको विज्ञप्ती मार्फत जनाईएको छ ।

उक्त समितिले अधिवेशनका लागि आवश्यक पर्ने स्थान तय गर्ने, समुदायका सदस्यहरुलाई निमन्त्रणाका साथै लाग्ने खर्चको आंकलन गरी त्यसलाई संकलन र व्यवस्थापनको काम गर्ने बताईएको छ । त्यस्तै एन्जाले हरेक वर्ष वितरण गर्दै आएको स्व. टीका कार्की स्मृति पुरस्कार वितरणको लागि संस्थाका अध्यक्ष, कानुनी सल्लाहकार टोनु घोताने र समुदायकी सक्रिय अगुवा प्रतिज्ञा अधिकारी सम्मिलित पुरस्कार छनोट समिति गठन गर्ने गरी निर्‌णय भएको छ । बैठकले सदस्यता शुल्क र अधिवेशनमा सहभागीता शुल्क १००/१०० डलर कायम गर्ने तथा मताधिकार नहुने काउन्सिल सदस्यको हकमा सदस्यता शुल्क ५० डलर कायम गर्ने निर्णय समेत गरेको छ । एन्जाको पहिलो अधिवेशन साउथ अस्ट्रेलियामा र दोश्रो अधिवेशन हुवार्डमा भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ