काठमाडौं, १ असार । संविधानको मस्यौदा तयार गर्नका लागि मस्यौदा समितिअन्तर्गतका विभिन्न उपसमितिहरु मंगलबार पनि बिहानैदेखि व्यस्त छन् । विषयतगत विभिन्न उपसमितिले प्रारम्भिक प्रतिवेदन तयार गरेपछि भोलिबस्ने मूल समितिको बैठकमा त्यसलाई प्रस्तुत गर्ने र मस्यौदा लेखनको काम सुरु गर्ने तयारी छ। संविधानसभाले पन्ध्र दिनभित्र संविधानको पहिलो मस्यौदा तयार गरेर सभामा पेस गर्न निर्देशन दिएको छ।
संविधान मस्यौदा समितिले ५ वटा उपसमितिमार्फत १६ बुँदे राजनीतिक सहमतिलाई मस्यौदामा ढाल्ने काम भइरहेको छ। समितिको आइतबार बसेको बैठकले पांचवटै उपसमितिलाई विषयगत मस्यौदा गर्न असार २ गतेसम्मको समय दिएको छ। समितिले भरतमोहन अधिकारीको संयोजकत्वमा व्यवस्थापिका, हितराज पाण्डेको संयोजकत्वमा कार्यतालिका,रमेश लेखकको संयोजकत्वमा न्याय, जितेन्द्रदेवको संयोजकत्वमा प्रस्तावना र अईन्द्रसुन्दर नेम्वाङको संयोजकत्वमा मौलिक हक उपसमिति यसअघि नै गठन गरेको छ।
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले अन्य काम छोडेर मस्यौदा लेखनमा सक्रिय बन्न समितिका सदस्यहरुलाई निर्देशन दिएका थिए। सिटौलाले ‘हामीले जुनसुकै पार्टीको प्रतिनिधित्व गरेपनि १५ दिनमा मस्यौदा सम्पन्न गर्नुपर्ने जिम्मेवारी छ,’ सिटौलाले भने,’ संविधानसभाले दिएको निर्देशनअनुसार काम गर्नुपर्ने दायित्व छ।’
मस्यौदा कोर्न सिंहदबारमा बैठकै बैठक






