प्रतिनिधिसभा शून्य समयः उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन माग

k|ltlglw;efsf ;f+;b zky u|x0f k|ltlglw;efsf Ho]i7 ;b:o dxGy 7fs'/af6 ;+3Lo ;+;b ejg gofF afg]Zj/l:yt k|ltlglw;efsf] ;efxndf cfOtaf/ gjlgjf{lrt ;f+;bx? kb tyf uf]kgLotfsf] zky lnFb} . tl:a/M tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल वर्षाका कारण देशका धेरै भागमा जनजीवन प्रभावित भएको हुँदा बाढीपीडितको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे ।

सांसदहरु सरिताकुमारी गिरी र सीताराम महतोले मुश्लिम धर्मावलम्बीलाई बकर इदका दिन सार्वजनिक छुट्टी दिन सरकारसँग माग गरे ।

सांसद सानु सिवाले काठमाडौँमा करिब ५०० सुकुम्बासीले स्वच्छ खानेपानी खान नपाएको हुँदा सो बस्तीमा स्वच्छ मेलम्चीको खानेपानी दिन माग गरिन् । सांसदहरु सूर्यप्रसाद पाठक र सुजाता परियारले स्थानीय तहमा कर लगाउँदा वैज्ञानिक ढङ्गले लगाउने पद्धतिको विकास गर्न माग गरिन् ।