चिली र मेक्सिको बराबरीमा

काठमाडौं, १ आषाढ । कोपा अमेरिका फुटबल अन्तर्गत गएराती सम्पन्न खेलमा बोलिभियाले ईक्वेडरलाई ३-२ ले पराजित गरेको छ ।
पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको बोलिभियाले सोमबार रातीको जीतपछि अर्को चरण पुग्ने सम्भावना बलियो पारेको छ ।
समुह ए अन्तर्गतकै अर्को खेलमा आयोजक चिलीलाई मेक्सिकोले ३-३ गोलको बराबरीमा रोकेको छ ।
रोमाञ्चक खेलमा मेक्सिकोको लागि माटियास भुसोले दुई तथा राउल जिमिनेजले एक गोल गरे । उता चिलीका अर्टुरो भिडालले दुई तथा ईडुवार्डो भार्गासले एक गोल गरे । सोमबार रातीका खेलहरुपछि कोपा अमेरिकाको समुह ए मा ४-४ अंक जोडेका चिली र बोलिभिया क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।