लण्डन। एनआरएनए यूकेले शनिबार आफ्नै कार्यालय अल्डरसटमा वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी वहस गरेको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले नेपालले विदेशमा बस्ने नेपालीलाई अनागरिक बनाउन लागेकाले अब अस्तित्वको लडाईं शुरु भएको बताए । शान्तिपूर्ण रुपमा अगाडि बढ्ने र आवश्यक परे दवावमूलक कार्यक्रम समेत आवश्यक हुने उनको भनाइ थियो ।
नेताहरुले बेलायत आउंदा यहांका नेपालीलाई लगानी गर्नुस् भनेर अर्बौं लगानी गर्न लगाइ अहिले जेल चलानको वातावरण सृजना गर्न लागिएको आरोप पनि क्षेत्रीले लगाए ।क्षेत्रीले अब एक भएर सबैलाई आन्दोलनमा सरिक हुन पनि आग्रह गरे । नेपालको संविधान अधुरो रहेको भन्दै उनले संशोधनको माग पनि गरे ।
एनआरएनए अध्यक्ष र संस्थापकहरुले विदेशी पासपोर्ट बोकेर नेपाली पासपोर्टबाट नेपालमा लगानी गरेकाले उनीहरुलाई जेल हाल्ने कि नहाल्ने भन्ने प्रश्न पनि क्षेत्रीले गरे ।
एनआरएनएमा भ्रष्टाचार गर्न पाइन्न,वेथिती विकृति रोक्नु पर्छ भन्दै प्रेम गाहामगरलाई वर्खास्त गरिएको सुनाउंदै क्षेत्रीले यस मुद्दालाई सर्वोच्चमा लान सबैमा सहयोगको अपिल पनि गरे। (भिडियो हेर्नुस)






