लण्डन आइपुगे नेपाल बार एशोसियशनका वरिष्ठ कानुनविद् घिमिरे र पोखरेल

लण्डन । नेपाल बार एशोसियशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे तथा नेपाल बार एशोसियशनका पूर्व महासचिव वरिष्ठ अधिवक्ता सुनिल कुमार पोखरेल बेलायत आइपुगेका छन् ।

उनीहरुलाई गैर आवासीय नेपाली संघ यूकेको तर्फबाट सोमबार बेलुका हिथ्रो विमानस्थलमा स्वागत गरिएको छ ।

गैर आवासीय नेपाली संघ यूके अध्यक्ष सुनिल खड्का, उपाध्यक्ष नारायणदत्त कंडेल, क्षमता ढकाल लगायत उनीहरुको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको सुरक्षा लगायत एनआरएनहरुको कानुनी तथा संवैधानिक अधिकारका सवालमा आगामी हप्ता मिडल्यान्डमा एक कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।

उक्त कार्यक्रममा वरिष्ठ कानुनविद् घिमिरे तथा पोखरेलको विशेष प्रस्तुति रहनेछ । उक्त कार्यक्रमको संयोजन गर्न उपाध्यक्ष नारायणदत्त कंडेललाई जिम्मेवारी दिइएको पनि संघले जनाएको छ ।