गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ । जिल्लाप्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने बताए ।
शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । उनकोघरको चेनगेट बन्द अवस्थामा छ ।
तालिम प्राप्त कुकुर नल्याएसम्म गेट नखोलिने प्रहरी प्रमुख रानाभाटले जानकारी दिए ।






