लण्डन । नेपाली लोकसंगीत क्षेत्रका ३ जना राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा लण्डनको वुल्वीचमा एक कार्यक्रम आयोजना हुने भएको छ । साउथ ईस्ट लण्डनमा लामो समयदेखि विभिन्न नेपाली कलाकारहरुको कार्यक्रम आयोजना गर्दै आएको सनराइज समुहले ’लोकदोहोरी धमाका’ गर्न लागेको हो ।
समुहका निर्देशक प्रकाश कंडेलका अनुसार यहि सेप्टेम्बर ३० तारिख आइतबारको सांझ वुल्वीचस्थित लोटस क्लबमा कार्यक्रम हुनेछ । कार्यक्रममा लोकदोहोरी गायक बालचन्द्र बराल र गायिकाद्धय कला लम्साल र सिर्जु अधिकारीले प्रस्तुति गर्नेछन् । सांझ ६ बजे सुरु हुने कार्यक्रम राती ११ बजेसम्म सञ्चालन गरिनेछ ।
कार्यक्रममा कलाकारहरुले आ आफ्ना चलेका लोक गीतहरुका साथै प्रत्यक्ष दोहोरी समेत प्रस्तुत गर्नेछन् । यी तीनै जना कलाकार यतिबेला कार्यक्रमका लागि बेलायतमै छन् । कार्यक्रममा सहभागिताको लागि १५ पाउण्डको टिकट राखिएको छ । कार्यक्रमस्थलमा नेपाली खाना र ड्रिन्कको स्टल समेत रहनेछन् । यो कार्यक्रममा प्रस्तुति गर्ने यी कलाकार नेपाली लोकदोहोरी संगीतको क्षेत्रमा चर्चा कमाउन सफल छन्






