कोलकाता। भारतको पश्चिम बंगाल राज्यमा पर्ने कोलकाता र आसपासमा आएको आँधीमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ आएको तिव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको हो ।
कोलकातामा मात्र चार जनाको मृत्यु भएको त्यहाँको आपद प्रबन्धन नियन्त्रण कक्षले जनाएको छ ।
त्यसैगरी हावडा जिल्लामा पाँच जना तथा बाँकुरा र हुगलीमा एक÷एक जनाको मृत्यु भएको छ ।






