कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु

कुवेत – कुवेतमा एक नेपाली कामदारको हृदयघातका कारण मृत्यु भएको छ। विराटनगर बरघर्छी चादनीचोक घर भइ अल टु वाक क्लिनिङमा कार्यरत नीरबहादुर कार्कीको मृत्यु भएको हो। ४७ वर्षीय कार्की सामान्य विरामी भएपछि औषधी सेवन गर्दै आएका थिए। फेब्रुअरी चार तारिखका दिन कम्पनीकै आवास गृहमा निधन भएको हो।

कुवेतमै कार्यरत बहिनी मुना कार्कीले भनिन् “हामीलाई दाजु बिरामी भएको भन्ने बारे कुनै जानकारी थिएन तर दाजुको साथीहरुले केही दिनदेखी बिरामी रहेको बताए पनि उनलाई आफ्नै ओछ्यानमा अन्तिम अवस्थामा फेला पारेर अस्पातल पुर्याउदा डाक्टरले हृदयघातको कारण मृत्यु भैसकेको बताएका थिए।“

शव नेपाल ल्याउने तयारी गरिए पनि अझै कतिदिन लाग्ने त्यो निश्चित भइसकेको छैन। २ छोरा र १ छोरी जेठो दाजुको संरक्षणमा रहेको मृतक नीर बहादुरकी श्रीमती पनि कुवेतकै एक क्लिनिङ कम्पनीमा कार्यरत रहेकी छिन। मृतककी श्रमती पनि दुई महिना अघी मात्र आबासमा लडेर खुट्टा भाँच्चिएको र खुट्टामा स्टिल हालिएकोले राम्रोसंग हिडन नसक्ने अवस्थामा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *