एनबीसी यूकेले स्वास्थ्य जाँच गर्दै मनायो महान् चाड बडा दशैं–२०८२

लन्डन- नेपलिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले नेपालीहरूको महान् चाड दशैं–२०८२ अवसरमा विशेष सामुदायिक भेटघाट तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरेको छ।‘समुदाय, संस्कृति र स्वास्थ्यको संगम’ भन्ने मूल नारासहित आयोजित सो कार्यक्रम सेप्टेम्बर २८ आइतबार साउथ ह्यारो फुटबल क्लवमा भएको हो।कार्यक्रममा सहभागी नेपाली समुदायले विभिन्न स्वास्थ्य परीक्षण सेवा लिएका थिए। एनबीसी–यूकेका सचिव दामोदर आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष समिर नाथ प्याकुरेलले शुभकामना दिँदै स्वास्थ्य सम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता जनाएका सबैलाई धन्यवाद दिएका थिए।प्याकुरेलले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरे। उनले नेपाली समुदायलाई स्वास्थ्यप्रति सजग बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने उल्लेख गर्दै भने, “समुदायको आपसी एकता र स्नेह सुदृढ गर्नुका साथै स्वास्थ्यजस्तै जीवनका आधारभूत पक्षमा सचेतना फैलाउन यो कार्यक्रम हाम्रो सानो तर सार्थक पहल हो।”कार्यक्रममा नर्सिङ एसोसिएसन यूकेका अध्यक्ष रश्मिता दर्लामी सहित सुनिता छत्तकुली,बिनु लामिछाने र डा.राजेन्द्र थापाले मधुमेह, हृदयघात, दाँत र ढाड सम्बन्धी रोगबारे विस्तृत जानकारी प्रदान गरेका थिए। अध्यक्ष दर्लामीले समुदायमा स्वास्थ्य सचेतना फैलाउन यस्ता कार्यक्रमहरू अत्यावश्यक रहेको उल्लेख गर्दै, “नेपाली समुदायको स्वास्थ्य सचेतनामा सानो प्रयासले पनि ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ,” भनिन्।

कार्यक्रममा सहभागीहरूले निःशुल्क स्वास्थ्य परामर्श सँगै साउथ ह्यारोस्थित नेवा छेः का प्रमुख कपिल रेग्मीको टिमले
बनाएको स्वादिस्ट नेपाली खाना लिदै खुशी साटासाट तथा दसैँको सुभकामना आदान प्रदान गर्दै नेपाली परिकारहरूको स्वाद लिएका थिए।

एनबीसी–यूकेले नेपाली समुदायलाई एक ठाउँमा ल्याउँदै स्वास्थ्य प्रतिको जागरुकता बढाउने उद्देश्यले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा बेलायतमा क्रियाशिल नेपाली एकाउन्टेन्टहरुको सस्था नेप्लिज एकाउन्टेन्टस् यूकेको सहयोगमा तयार परिएको हुम्ला सिमीकोटस्थित हिमाली श्रवण अपांगता तथा बौद्धिक अपांगता केन्द्रको बिषयमा तयारी परिएको डकुमेन्ट्री समेत देखाइएको थियो