लण्डनका दुई एयरपोर्ट र स्टेशनमा बिस्फोटक पदार्थ फेला

एजेन्सी- लण्डनको हिथ्रो एयरपोर्ट, लण्डन सिटी एयरपोर्ट र वाटरलू स्टेशनमा बिस्फोटक पर्दाथ भेटिएपछि पुलिसले यसबारे अनुसन्धान थालेको छ ।
पुलिसका अनुसार बिस्फोटक पदार्थ ए–फो पोस्टल ब्यागभित्र राखिएको थियो ।

अनुसन्धान अधिकारीले विभिन्न स्थानमा एकै प्रकारका बिस्फोटक भेटिएको जानकारी दिए । यी तीनै घटना एक–आपसमा सम्बन्धित छन्, छैनन् भनेर अनुसन्धान भइरहेको बताइएको छ ।

बिस्फोटकका कारण कसैलाई पनि क्षती नपुगेको पुलिसले जानकारी दिएको छ ।

अनुसन्धान अधिकारीका अनुसार पोस्टल ब्यागमा बिस्फोटक पदार्थ यसरी राखिएको थियो कि त्यो खोल्नेबित्तिकै आगो सल्किन्थ्यो ।

यसकारण कुनै उडान वा रेलको आवतजावत प्रभावित भएको छैन ।

लण्डनका मेयर सादिक खानले यसबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।

उनले लण्डनलाई सुरक्षित बनाउनका लागि पुलिस, सुरक्षाकर्मी र ट्रान्सपोर्ट स्टाफलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *