भूपू गोर्खाका वयस्क सन्तानको मुद्दामा सफलता चुम्दै सोलिसिटर थापा: (भिडियो सहित)

थापा आफ्नो फर्म र सेवाबारे भिडियोमा यस्तो भन्छन्ः

लन्डन । बेलायतका पहिलो नेपाली सोलिसिटर राजु थापाले पछिल्लो पटक भूपू गोर्खाका वयस्क सन्तानहरुको मुद्दामा अत्यधिक सफलता प्राप्त गरेपछि नेपाली समुदायमा प्रशंसा भएको छ । भारतस्थित ब्रिटिश हाइ कमिसनले भिजा नदिएपनि थापाले अदालतबाट करिब दुई महिना अवधिमा २१ वटा मुद्दा (शतप्रतिशत) जितिसकेका छन् । यो जितपछि गोर्खा अभियन्ता, तिनका सन्तान र बेलायतका एनआरएन अगुवाबाट थापाको प्रशंसा भएको हो ।ashford-kent-gorkha-satya-garaha-007

एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, व्यवसाय भन्दा पनि समाजमा ठूलो सेवा पुर्याउन सफल समाजसेवी तथा पहिलो नेपाली सोलिसिटर श्री राजु थापा र एभरेस्ट ल सोलिसिटर फर्म ! सन्दर्भः भूपूहरु र उहांका परिवारहरु ! म केहि शब्द दर्साउन बाध्य भए नगरुं पनि मनले दिएन र विषय केहि हप्ता पहिला भएको भए पनि मेरो व्यस्तताले उतार्न सकिन । मेरो काकाको छोरा ३० वर्ष पुग्न लागेका बिमल फगामी ! हतारमा निवेदन लगाएछन् तर नतिजा रिफ्यूज भएछ । काका आउनु भो एक दिन अनि भन्नुभयो, लौ बर्बाद भो मलाई सहयोग गर्नुस् । सहयोग गर्नै पर्ने भो र छुट्टी मिलाएर काकालाई लिएर अनि केस दर्ता गरियो । अफ्ठेरो छ तर हामी कोसिस गर्छौं भनेपछि केस बनाउन दुइ पटक अफिस पुगियो इलिंगमा । त्यहांका स्टाफहरु र स्वयम् राजुजीसंग नजिक बसेर कुरा गर्ने मौका पनि मिल्यो भनौं साधारण परिचय देखि अझ नजिक हुने मौका मिल्यो । केस सफल हुनुमा मात्र होइन उहांहरुको व्यवहारमा थप गौरव गर्न मन लाग्यो । अहिलेसम्म सत प्रतिसत केस सफल भएको सुन्न पाउंदा अझ थप गौरवको महसुस गरें । धन्यबाद र हार्दिक बधाई राजु जी र एभरेस्ट ल सोलिसिटर फर्मका सम्पूर्ण टिम लाई ।reading-016

आफ्नो व्यवसाय भन्दा पनि कम्युनिटीमा यस्ता उदाहरणीय सेवाहरु उपलब्ध गराइदिनु भएको छ । यस्ता विचलित परिवारहरु विशेषत भूपूका परिवार हरुलाई परेको यो अवस्थामा पुनर्मिलन गरि दिन सफल हुनु भएको छ । अझ थप सफलताको कामना गर्दछु र बेलायतबासी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुप्रति पनि यहाँहरुको कानुनी समस्या छन् भने उहांहरुसंग सम्पर्क गर्नु होला ।raju1