लन्डनबाट ७ प्रतिनिधि छानिए, प्रसाईं समूहका ४ र गुरुङका ३ छनोट

12767418_10205743837504023_859487180_n[2]लन्डन– लन्डनबाट महाधिवेशन प्रतिनिधिका लागि पठाएका दुवै समूहका सूचीलाई समावेश गर्दै केन्द्रले ७ प्रतिनिधिलाई मान्यता दिएको छ ।

महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीमा विज्ञान प्रसाईं समूहबाट ४ र लोक गुरुङ समूहबाट ३ जना परेका छन् ।

केन्द्रीय समितिले विज्ञान प्रसाईं, विश्वआदर्श पण्डित, लोक गुरुङ, युवराज गुरुङ, महेश दाहाल, विजन भट्ट र युवराज सिंहलाई महाधिवेशन प्रतिनिधिको मान्यता दिएको छ ।

नेपाली जनसम्पर्क समिति बेलायतबाट दुवै समूहले अलग अलग अधिवेशन गर्दै महाधिवेशन प्रतिनिधि चयन गरेका थिए ।

प्रसाईं समूहबाट प्रसाईंसहित महेश दाहाल, विजन भट्ट र युवराज सिंह परेका छन् भने लोक गुरुङ समूहबाट गुरुङसहित विश्वआदर्श पण्डित र युवराज गुरुङ परेका छन् ।12788299_10205808087030221_2015631994_n[1]