काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
गुठी विधेयकका विषयलाई लिएर राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षका माग सुनुवाई गर्ने तयारी थालेका हुन् । प्रधानमन्त्री ओली गुठीसम्बन्धी विधेयक स्थगित गर्ने मनस्थितिमा पुगेका छन् । उनले यसको तयारीस्वरुप सोमबार आफ्नै दलका जनप्रतिनिधिसँग छलफल गरेका थिए । सत्तारुढ दलका जनप्रतिनिधिले समेत विधेयक फिर्ता लिन सरकारलाई सुझाव दिएका थिए ।
संसद्लाई सम्बोधन गर्दै उनले स्थगित भएको घोषणा गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणका बारेमा समेत संसद्लाई जानकारी दिने बताइएको छ ।






