लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालबाट आएका अग्रज पत्रकारसमेतको उपस्थितिमा ‘नेपाली मिडियामा गैरआवासीय नेपालीहरुको उपस्थिति कसरी प्रभावकारी बनाउने सकिन्छ’ भन्ने विषयमा अन्तरसंवाद गर्न लागेको हो ।
नेपालबाट आउनु भएका पत्रकारको सागभागीतामा शाखाले आयोजना गर्ने उक्त कार्यक्रममा बेलायतस्थित अगुवाहरुले प्रबासको बिषय बस्तुमा सिधा अन्तरसम्बाद गर्नेछन । सो कार्यक्रममा प्रेस काउन्सिलका पूर्वसदस्य खिलवहादुर भण्डारी, अनलाईन खबर डटमा समाचार सम्पादक मातृका पौडेल, प्रेस यूनियनका उपाध्यक्ष दिपक आचार्य सहभागी हुने निश्चित भैसकेको छ ।
कार्यक्रममा बेलायतस्थित नेपाली सामुदायका अगुवाहरुको सागभागीताले प्रबासी नेपालीका राम्रा काम तथा समस्या सिधा नेपाली ठुला मिडियामा उठाउने बातावरण बन्ने कार्यक्रम संयोजक श्याम लुइँटेलले जनाए ।
आउँदो शनिबार २२ जुनका दिन ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने उक्त अन्तरसंवाद कार्यक्रममा महासंघ यूके शाखाका सल्लाहकार, सभासद्, कार्यसमितिका सदस्यलाई सहभागिताका लागि संयोजक लुइँटेलले आग्रह गरेका छन् ।






