बाढी–पहिरोमा परी गुल्मीमा एक साताभित्र १० जनाको मृत्यु

badhighatगुल्मी, साउन १३ । अविरल बर्षासँगै आएको बाढी र पहिरोले गुल्मीमा एक साताभित्र १० जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोबाट हस्तिचौर गाविसमा ४, हवाङदीमा ३, विशुखर्कमा २, दोहोलीमा एक र रेसुङ्गामा एक गरी १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

बाढी र पहिरोपीडितलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाईप्रति परिवार ४० हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पूर्णरुपमा घर क्षति भएकाहरुलाई प्रतिघर पाँच-पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।