बेलायती युवतीले मलेसियामा नाङ्गै तस्बिर खिचेपछि….

लन्डन, ३२ जेठ । मलेसियाको धार्मिक हिमालमा नग्न तस्बिर खिचाका कारण कारवाहीमा परेकी युवती एलिनर हकिन्स बेलायत फर्केकी छन् । उनले सबाह पहाडमा नाङ्गो फोटो खिचेकोमा मलेसियाली जनतासँग माफी मागेकी छन् । मलेसियाको सबाह राज्यमा उनलाई तीन दिनसम्म कारागारमा राखिएको थियो । उनले पछि आफ्नो कार्य गलत भएको आफूलाई थाहा भएको बताएकी छन् ।
उनीसहितले नाङ्गो फोटो खिचेकैले सबाहमा आएको भूकम्पले १९ जनाको ज्यान गएको आरोप मलेसियाली सरकारले लगाएको थियो । उनले आफूलाई आफ्नो व्यवहार मुर्ख्याइँपूर्ण रहेको थाहा भएको र आफूले सबाहका स्थानीय जनताप्रति अपराध गरेको थाहा भएको बताइन् । उनले यसका लागि आफू दुःखी भएको उल्लेख गरिन् ।
मलेसियाको किनाबालु हिमालमा तस्बिर खिच्न आफ्नो कपडा खोल्ने चार विदेशीमध्ये हकिन्स पनि एक थिइन् । २३ वर्षीया एलिनरले लन्डनको उत्तरमा अवस्थित ड्रेकटस्थित आफ्नो घरमा एक विज्ञप्ति पढ्दा निकै दुःखी देखिएको बताइएको छ । उनले आफू घर आइपुग्दा राहतको महसुस गरेको बताइन् ।