फरवार्डले हेल्थ एन्ड सोसल केयरको पढाई सुरु गर्नै, पढाइ नि:शुल्क हुने

forward-logo-2[1]लन्डन- फरवार्ड एकेडेमिक टिम लिमिटेडले अबदेखि गभर्नमेन्ट फन्डेड कोर्स अन्तर्गत हेल्थ एन्ड सोसल केयरको पढाई सुरु गर्ने भएको छ ।

१९ प्लस लोन कार्यक्रम अन्तर्गत बेलायतमा स्थायी रुपमा गत तीन बर्षदेखि बसोबास गर्दै आइरहेका १९ बर्ष उमेर माथिका जो कोहीले पनि यस कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउनेछन् । गभर्नमेन्ट फन्डेड कार्यक्रम भनेको यस कोर्सका लागि मान्यता प्राप्त जो कोहीले पनि सरकारी लोनमा पठन पाठन गर्न पाउनेछन् । पढाईका लागि शुल्क तिर्नु पर्दैन ।

हेल्थ र सोसल केयरमा काम गर्न इच्छुक वा काम गरिरहेका व्यक्तिहरुलाई हेल्थ एण्ड सोसल केयरमा लेभल ३, ४ र ५ मा फरवार्डले पठनपाठन सुरु गर्न लागेको हो । फरवार्डकी निर्देशक संगीता मरहट्टाले बेलायतमा अहिले आफ्नो रुचीको बिषयमा पठनपाठन गर्न सरकारले अधिकतम आर्थिक सहायता दिइरहेको जानकारी दिइन् ।

मरहट्टाका अनुसार अहिले पनि कयौं नेपालीहरु आफ्नो क्षमता भन्दा कम स्तरको कामहरु गरिरहेको अवस्थामा सरकारी सहयोगका यस्ता कोर्सहरुले उनीहरुको क्षमता वृद्धिमा व्यापक सहयोग हुने बताइएको छ । यो कोर्स केयर सेक्टरमा काम गरिरहेका तर म्यानेजर लेभल सम्म पुग्न इच्छा भएका व्यक्तिहरुले र केयर सेक्टरमा काम गर्न इच्छुक सबैले गर्न सक्नेछन् ।

फर्वाड एकेडेमिक टिम लिमिटेडका लागि 020 7018 0221 or 07581467182 सम्पर्क गर्न सकिने बताइएको छ ।