वेलायतबाट चाइनासम्म चल्ने पहिलो लामो रेलसेवा संचालनमा आयो

लण्डनको एसेक्सवाट चिनकालागी पहिलो रेलसेवा संचालनमा आएको छ। संसारका ७ वटा मुलुकहुँदै चाईनासम्म पुग्ने उक्त रेलले पहिलोपटक चिनकालागि खाना, भिटामिन, पेय पदार्थ लगायतका अन्य औषधी लैजाने छ।

लण्डनस्थित डिपी वर्ल्ड टर्मिनलहुँदै चिनको झोजियागसम्म जान लागेको उक्त रेल १७ दिनमा ७ वटा देश हुँदै १२ हजार किलोमिटर पार गरेर चाइना पुग्ने बताइएको छ। रेलले फ्रान्स, बेल्जियम, जर्मनी, पोल्याणड, वेलारुसहुँदै काजाकिस्तान भएर चाइनासम्मको यात्रा तय गर्ने छ।

ब्रिटेनबाट पानी जहाजहुँदै चाइनासम्म सामान ओसारपसार गर्नु भन्दा रेलमा सस्तो पर्ने ढुवानी कम्पनीहरुले बताएका छन्। २ हजार वर्ष पुरानो शिल्क रोडलाई प्रयोग गर्ने अभियान अन्तर्गत उक्त रेलको वाटो तयार पारिएको थियो।

इवा टाइमिक्स लगानि समूहले लण्डनलाइ सिधा चाइनासँग जोडनकालागी सन २०१३ देखि काम सुरु गरेको थियो। ‘वन बेल्ट वन रुट’ अन्तर्गत युरोपियन मुलुकहरुलाई चाइनासँग जोडनकालागी चाइनाका राष्ट्रपति जिङ पिङले अभिया चलाएका थिए। ‘यो पहिलो रेल सेवा हुने छ जसले ब्रिटेनलाइ रेलसेवा मार्फत चाइनासम्म जोडने छ।’  इवा टाइमिक्स लगानि समूहका प्रमुख चिविङ फिङले बताएका छन्।