काठमाडौं- माओवादी केन्द्रक अध्यक्ष प्रचण्डले सरकारमा बस्ने कि छाड्ने भन्ने विषयमा आफुले आज निर्णय लिन सक्ने बताएका छन् । पार्टी निकट विद्यार्थी संगठनको पदाधिकारी वैठकलाई सम्बोधन गर्दे प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि सरकारको वारेमा निर्णय हुने बताएका हुन् ।
वैठकमा प्रचण्डले भने
बामगठबन्धन बनेपछि काँग्रेसभित्र निकै ठूलो तरंग आएको छ । शुरुमै मैले प्रधानमन्त्रीलाई भनेको थिए, सरकार छाड्ने भएपनि हामी तयार छौँ । उहाँले पर्दैन पर्देन भन्नुभयो । अहिले माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्छ भन्ने मिडियामा हल्ला आएको छ । हामी त नैतिकताका आधारमा सरकारमा बसेको हो । किनभने चुनाव गराउने बेलासम्म सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्री फिर्ता नहुँने भनेका थियौँ । तर, अहिले प्रधानमन्त्रीज्यूले राप्रपालाई सरकारमा ल्याएपछि माओवादीले छाडिदिए हुन्थ्यो भन्ने आशय राखेजस्तो पाएको छु । उहाँले चाहेको के हो ? उहाँको कुरा के हो ? म आज उहाँलाई भेट्दै छु । उहाँसँग भेटेर उहाँको कुरा बुझेपछि सरकारबारे निर्णय गर्छौँ । हाम्रो लागि सरकार मुख्य कुरा होइन । हाम्रो मुख्य ध्यान चुनाव हो । चुनाव तोकिएको मितिमा हुने सुनिश्चता भएपछि सरकारको विषय ठूलो हुँदैन ।
प्रचण्डको यो भनाईले यदि प्रधानमन्त्रीले सरकारबाट बाहिरन आग्रह गरे माओवादी सरकारबाट बाहिरन सक्ने सम्भावना देखाएको छ । यद्यपी आज प्रधानमन्त्री र प्रचण्डवीच हुने भेटमा यसवारे महत्वपूर्ण छलफल हुन सक्छ ।






