काठमाडौं, ३२ जेष्ठ । उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । चिलीमा जारी प्रतियोगिता अन्तर्गतको पछिल्लो खेलमा ब्राजिलले पेरुलाई २-१ ले हराएको हो । खेलको तेस्रो मिनेटमै पेरुका क्रिश्चियन क्युभाले गोल गर्दै टोलीलाई अग्रता दिए । यसको दुई मिनेटपछि ब्राजिलका नेईमारले गोल फर्काउदै खेल बराबरी गरे । खेलको अन्तिम मिनेटमा ब्राजिलका डग्लस कोष्टाले एक गोल थप्दै टोलीलाई २-१ ले विजयी गराएका हुन् ।
समुह सि कै अर्को खेलमा भेनेजुएलाले कोलम्बियालाई १-० ले हराएको छ । खेलमा भेनेजुएलालाई विजयी गराउन जोजे सालोमनले ६० औं मिनेटमा निर्णायक गोल गरे । १२ टोली सहभागी कोपा अमेरीका फुटबल अन्तर्गत आज राती हुने खेलहरुमा ईक्वेडर र बोलिभिया तथा चिली र मेक्सिको भिड्नेछन् ।
नेइमार र कोष्टाको गोलले ब्राजिल विजयी






