पोखरा । ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
यती एअरलाइन्सले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्यसहित ७२ जना रहेका छन् ।
आज बिहान काठमाडौबाट पोखराका लागि उडेको ९ एन एएनसी एटिआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना भएको हो।
जहाजमा यात्रु संख्या ६८ र चालक दलका ४ जना रहेका थिए । उद्धार कार्य जारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। आगो निभाउने क्रम जारी रहेको पनि उनले बताएका छन्।






