पोखरा विमान दुर्घटना: ६४ जनाको शव फेला 

कास्की पोखरामा भएको यती एयरलान्सको विमान दुर्घटनाको उद्धार कार्य अझै जारी  

जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीका अनुसार अहिलेसम्म ३० जनाको शव अस्पतालपुर्‍याइएको सेतीको खोंचमा भएको दुर्घटनाको कारण उद्धार कार्यमा केही कठिनाइ भएको केसीले बताए  

हामीले उद्धार जारी नै राखेको छौं अहिलेसम्म ३० जनाको शव अस्पताल पुर्‍याएका छौं थप ३४ जनाको शव खोंचमा देखिएको खोच सय मिटर तल भएको कारण शव निकाल्न अफ्ठ्यारो भएको ,’ एसपी केसीले भने तर नागरिक उड्डयन प्राधिकरणले भने २९जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे प्राधिकरणले साढे बजेपछि अपडेट दिएकाे छैन

काठमाडौंबाट ६८ यात्रु चालक दलका सदस्यसहित ७२ जना बोकेर पोखरा उडेको विमान आइतबार बिहान पोखरास्थित सेती नदीकोखोँचमा दुर्घटनाग्रस्त भएका थियो