लन्डन–लन्डनबाट “कुसुमे रुमाल” सार्वजनिक भएको छ।
प्रवासमा रहेर लोक सस्कृतिको उजागर गर्दै आएकी गायिका शर्मिला पछाईं थापाको भर्खरै नयाँ गित कुसुमे रुमाल’ सार्वजनिक भएको छ । गितमा समावेस गरिएको सब्द चयनले धेरै संगीत पारखीहरुको मन जित्न सफल भएको छ । प्रवासी जीवन आफैमा कस्टकर रहिरहँदा पनि थापा निरन्तर लोक सस्कृतिको उजागार गर्ने हेतुले खटिने प्रवासी गायिका हुन।
सामाजिक कार्यमा छवि बनाउनुभएकी समाजसेवी शर्मिला पछाईं सांगीतिक क्षेत्रमा पनि अगाडि बढ्नु भएको छ । आफ्नो कलालाई नयाँ(नयाँ ढंगले प्रस्तुत गर्ने र संस्कृति झल्काउने माध्यम रहेको गीत संगीतमा प्रवेश गरेसँगै पछाईंले सकारात्मक प्रतिक्रिया पाउनुभएको छ ।
बिगत १० बर्ष देखि बेलायतमा बस्दै आउनुभएकी समाजसेवी पछाईले ‘कुसुमे रुमाल’को कभर गीत गाउनु भएको हो ।
बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पछाईंको कभर गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
युट्युवमार्फत सार्वजनिक गरिएको गीतले सकारात्मक प्रतिक्रिया पाएको छ ।
पछाईंले कुसुमे रुमाल’ले आफूलाई हौसला मिलेको लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको कुराकानीमा बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुमा पनि चर्चा बटुलेको उक्त गीतमा शर्मिलालाई अनिश पाण्डेले साथ दिनुभएको छ ।






