क्रोएसियाकी राष्ट्रपति भिआइपी क्षेत्र नाघेर फुटबल हेर्न पुगिन्

Russia Soccer WCup Russia Croatia

काठमाडौँ । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत गएराति भएको आयोजक रसिया र क्रोएसियाबीचको खेल निकै रोमाञ्चक देखियो ।

आफ्नो टोलीको खेल हेर्न क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्रावर कितरोभिक दर्शक बनेर मैदानमा पुगेकी थिइन्। क्रोएसियाको पहिलो महिला राष्ट्रपति समेत रहेकी कोलिन्दा भिआइपी क्षेत्र मिचेर दर्शकसँगै बसी आफ्नो टिमलाई समर्थन गरिरहेकी थिइन्। क्रोएसियाले पनि उनको साथलाई निराश बनाउन दिएनन्। कडा प्रतिस्पर्धाका बीचमा आयोजक टोली रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गर्यो ।

क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो।