लण्डन ।इङ्ल्याण्ड र स्वीडेनबीचको खेलमा स्वीडेन २-० ले पराजित भएको छ।
स्वीडेनलाई पराजीत गर्दै इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
स्वीडेनलाई हराउने क्रममा इङ्ल्याण्डले आज खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो।
उसको लागि म्याक्वायरले हेडमार्फत खेलको ३० औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डको खाता खोलेका थिए।
त्यसैगरी स्वीडेनलाई हराउने क्रममा दोश्रो गोल खेलको ६० औं मिनेटमा भएको थियो। डेलेले हेडमार्फत गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए।
सेमिफाइनल प्रवेश गरेको इङ्ल्याण्डले आज हुने क्वाटरफाइनलको अन्तिम खेलको विजेतासँग भिड्नेछ।
क्वाटरफाइनलको अन्तिम खेलमा आयोजक रसिया र क्रिएशिया भिड्दैछन्।






