एनआरएन अमेरिकाको विद्यार्थी लक्षित छात्रबृती कार्यक्रम घोषणा

लन्डन । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएनए ) अमेरिकाले छात्रबृती कार्यक्रम घोषणा गरेको छ। अमेरिकास्थित नेपाली विद्यार्थीहरूलाई लक्षित गरी घोषणा गरिएको सो कार्यक्रममा नेपाली अमेरिकन समुदायका युवाहरूलाई नेतृत्व विकासमा सहभागी गराउनका लागी प्रोत्साहन गर्ने लक्ष्य र उद्देश्यका साथ स्थापना गरिएको सो छात्रबृति आगामी फेब्रवरी महिनाको १ तारिखदेखि बिधिबत रूपमा सञ्चालनमा जनाइएको छ ।

युथ लिडरशिप स्कलरशिप अवार्ड २०१८ नाम दिइएको सो छात्रबृति स्नातक तहमा अध्ययनरत चारजना नेपाली विद्यार्थीलाई जनही १ हजार अमेरिकी डलर प्रदान गरिने एनसीसी अमेरिकाका युवा संयोजक तथा छात्रबृति परियोजनाका प्रमुख स्वराज खातीले जानकारी दिए ।
धन्वावाद सहित