काठमाडौं, २६ चैत्र । साविक विजेता कोलकाता नाईट राइडर्सले इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको नयाँ संस्करणमा विजयी सुरुवात गरेको छ । हिजो भएको उद्घाटन खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ७ विकेटले हरायो । खेलमा पहिलो व्याटिङ गरेको मुम्बईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६८ रन बनायो ।
मुम्बइका लागि रोहित शर्माले ९८ रन जोडेभने कोरे एन्डर्सनले अविजित ५५ रन जोडे । जवाफमा १ सय ६९ रनको लक्ष्य कोलकाताले १९ औं ओभरमा ३ विकेट गुमाएर पुरा ग-यो । कोलकाताको लागि गौतम गम्भिरले ५७ रन तथा मनिष पाण्डेले ४० रनको योगदान दिए । आइपीएल अन्तर्गत आज वेलुकी हुने खेलमा चेन्नाई सुपर किङ्सले दिल्ली डेयरडेभिल्सको सामना गर्नेछ ।
मुम्बइ इन्डियन्स ७ विकेटले पराजित






