शान्ति नेपाली समाजको नयाँ बर्ष शुभकामना भब्य रुपमा सम्पन्न(भिडियो )

बर्मिघम । शान्ति नेपाली समाज बेलायतको आयोजनमा सोमबार भएको नयाँ बर्ष शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । समाजका संस्थापक अध्यक्ष काशी शर्माको सभापतित्वमा भएको उक्त नयां वर्ष शुभकामना कार्यक्रम लामो भाषण भन्दा मनोरञ्जनमै केन्द्रित रह्यो ।

11134261_10152736992968639_1401741148_n

शुभकामना दिनेमा दूतावासका थर्ड सेक्रेटरी सूर्य थापा, साझा नेपाली समाज बेलायतका अध्यक्ष राजु कंडेल र सभापति शर्मामात्र थिए । प्रचार विभाग प्रमुख भुपेन्द्र पाठकले सञ्चालन गरेको कार्यक्रममा समाजका महासचिव कृष्ण ढकालले स्वागत मन्तव्य दिएका थिए ।

उक्त अवसरमा लोक गायक गायिका खुमन अधिकारी र देवी घर्तीमगरले निरन्तर गीत गाएर मनोरञ्जन दिलाए । स्थानीय कलाकारहरु अनुस्का पाठक, योजना पाण्डे, सरु शर्मा, जानकी गैरे लगायतको आकर्षक नृत्यले पनि सहभागीको मन जित्यो । शहीदहरुको सम्झनामा एक मिनेट मौनधारण र राष्ट्रिय गीतपछि अघि बढेको शुभकामना कार्यक्रममा सयौं नेपाली सहभागी भए ।