शान्ति समाजको नयाँ वर्ष कार्यक्रम अप्रिल १८ मा, [ चर्चित कलाकार आउने ]

लन्डन ।  आगामी १८ अप्रील मंगलवार बर्मिंङहममा नयाँ वर्ष  धमाका साँझ हुने भएको छ । शान्ति समाज बेलायतले नयाँवर्ष  २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

rashmi
उक्त सांगीतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरि गायक राजु ढकाल, दोहोरि गायिका जानकी तारामी मगरले मनोरन्जन दिने भएका छन् वेष्टमिडल्याण्डमा आयोजना हुने हुने सो कार्यक्रममा चर्चित मोडल तथा डान्सर रश्मि तामाङको दमदार प्रस्तुती रहने शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकालका बताउनु भयो।

यसै बीच गत वर्ष साउण्ड सिस्टम ले धोका दिए पछि यस पटक भने कार्यक्रममा साउण्ड सिस्टम हेर्ने जिम्मा हेम बिष्टलाई दिइएको छ।  साँझ ठिक ४ बजे बाट सुरु हुने कार्यक्रममा  लण्डन लगयत बेलायत का विभिन्न ठाउ बाट धेरै को संख्या मा उपस्थिति रहने र कार्यक्रम भब्य हुने सचिब प्रकाश तिवारी  ले बताए  ।

कार्यक्रममा उपस्थित भै पूर्ण मनोरन्जन लिन तथा नयाँ बर्षको शुभकामना एक आपसमा साटासाट गर्न समाजले वेलायतवासी नेपाली समूदायतलाई आब्हान गरेको छ । santi nepali samaj