काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव राखेका छन् ।
स्थानीय निर्वाचन बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रधानमन्त्रीले मधेसी मोर्चाका दोस्रो तहका नेताहरुसँगको छलफल गर्दै सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेका पाँचबुँदे प्रस्तावलाई संसदमा लैजाने बताए ।
मोर्चाका नेताले पाँचबुँदे प्रस्ताव पास नहुने स्थितिमा संसदमा लैजानुको कुनै अर्थ नभएको बताए। प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँचबुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका एक नेताले बताए ।






