वीर अस्पतालबाट हाम फालेर एक बृद्धाको मृत्यु

काठमाडौं– वीर अस्पतालबाट हाम फालेर एक बृद्धाको मृत्यु भएको छ ।

वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको पाँचौ तलाबाट हामफालेर मिजी–१, बाग्लुङ स्थायी ठेगाना भएकी अन्दाजी ६० वर्षकी जयकला घर्ती मगरले बिहीबार बिहानैआत्महत्या गरेकी हुन् ।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले आत्महत्याको कारण खुल्न नसके पनि आर्थिक समस्याले बृद्धाले यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरे ।

हड्डी रोगबाट पीडित घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत थिइन् ।