काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले तीन दलका शीर्ष नेतृत्वबीच स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति भएको जानकारी गराएका हुन् । १३ औं ज्यापू दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार निर्वाचनको मिति घोषणा गर्न लागेकाले सबै समुदायले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनमा केन्द्रित रहेको स्पष्ट पार्दै प्रचण्डले सबैको भावनालाई समेटी राष्ट्रिय एकतालाई बलियो बनाएर जान आफू प्रतिवद्ध रहेको पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड, तराई सबै क्षेत्रका समुदायलाई एकतावद्ध नबनाई मुलुकको राष्ट्रियता बलियो नहुने पनि दाहोर्याए ।
प्रधानमन्त्री दाहालले संविधानको स्विकार्यताको दायरालाई बढाउन सरकार लागि परेको दावी पनि गरे ।






